National life

आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति स्थगित , यस्तो छ कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ साउन २०८१, शुक्रबार
870Shares
आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति स्थगित , यस्तो छ कारण
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको वार्षिक मौद्रिक नीति आज शुक्रवार आउने तयारी गरिएपनि अन्तिम समयमा आएर भने रोकिएको छ । अब अर्को साता मात्रै मौद्रिक नीति आउने भएको छ।

नयाँ बनेको सरकारले राष्ट्र बैंकले तयार पारेको मौद्रिक नीतिबारे अध्ययन गर्न समय मागेपछि शुक्रवार ल्याउन लागिएको मौद्रिक नीति पर सरेको हो ।

स्रोतको सूचना अनुसार पूर्व अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडाले मौद्रिक नीतिमाथि परामर्श गर्ने इच्छा जाहेर गरेका कारण आज सार्वजनिक गर्न लागिएको नीति स्थगित गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेर आज सार्वजनिक गर्ने तयारी गरेका थिए । त्यसका लागि आज बिहान केन्द्रीय बैंकको बोर्ड बैठकसमेत बोलाइएको थियो । अर्थमन्त्री पौडेलसँग गभर्नर अधिकारीले यसपालि लचिलो मौद्रिक नीति ल्याउने संकेत गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
870SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?