National life

आज सूर्यज्योति लाइफ इन्स्योरेन्स सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० मंसिर २०८१, बिहिबार
593Shares
आज सूर्यज्योति लाइफ इन्स्योरेन्स सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका
ncell

काठमाण्डौं। आज नेप्सेमा सूचीकृत सूर्यज्योति लाइफ इन्स्योरेन्स सहित ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्न अन्तिम दिन रहेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सूर्यज्योति लाइफ इन्स्योरेन्स,र फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।  एनआरएन इन्फ्रास्ट्रक्चर र सूर्यज्योति लाइफले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २१ गते र फर्स्ट माइक्रोफाइनान्सले मंसिर २३ गते  बुकक्लोज गर्दैछन्।

एनआरएन इन्फ्रास्ट्रक्चले गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.२३६२ प्रतिशत नगद लाभांश गरी कुल ५.२३६२ प्रतिशत लाभांश घोषणा गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले लाभांश पारित गर्न आगामी पुस १२ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि साधारण सभा बोलाएको छ।

यस्तै सूर्यज्योति लाइफले गत आवका लागि हाल कायम चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको २० प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि समेत० प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीको आगामी पुस ६ गते आयोजना हुने साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको १५ औं साधारण सभा पनि पुस ११ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली व्याङ्केटमा बिहान १० बजेदेखि सुरु हुनेछ । उक्त सभाले संस्थाको सञ्चालक समितिले प्रस्ताव गरेको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?