National life

आयात र निर्यात दुवै बढे, तर व्यापार घाटा १४ खर्ब नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०८ जेठ २०८३, शुक्रबार
2.8kShares
आयात र निर्यात दुवै बढे, तर व्यापार घाटा १४ खर्ब नाघ्यो
ncell

काठमाडौँ । नेपालमा आयात र निर्यात दुवै वृद्धि भए पनि व्यापार घाटा झन् बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा देशले करिब १६ खर्ब ९२ अर्ब रुपैयाँभन्दा बढीका वस्तु आयात गरेको छ।

भन्सार विभागका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.८२ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्षको समान अवधिमा १४ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको थियो।

यसै अवधिमा निर्यात पनि १४.२५ प्रतिशतले बढेर २ खर्ब ४८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। तर आयातको तुलनामा निर्यात कम हुँदा व्यापार असन्तुलन कायम रहेको देखिन्छ।

वैदेशिक व्यापारको कुल आकार १९ खर्ब ४१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने व्यापार घाटा १४.९२ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

भन्सार विभागका अनुसार यस अवधिमा डिजेल, पेट्रोल, एलपीजी ग्यास, सोयाबिन तेल, स्मार्टफोन र सुनजस्ता वस्तुहरू मुख्य रूपमा आयात भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
2.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?