National life

आर्थिक वर्ष ७९–८० मा नेपाल नागरिक उड्डयन प्राधिकरणले कमायो ३ अर्ब ४९ करोड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
776Shares
आर्थिक वर्ष ७९–८० मा नेपाल नागरिक उड्डयन प्राधिकरणले कमायो ३ अर्ब ४९ करोड
ncell

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्ष २०७९–८० मा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर उक्त रकम बराबरको सञ्चालन मुनाफा आर्जन गरेको हो । नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आर्थिक वर्ष २०५६–५७ को आम्दानी ९१ करोड ८४ लाख रहेकोमा आर्थिक वर्ष २०७९–८० मा आइपुग्दा १५ गुणाले वृद्धि भएको तथ्थाकंमा उल्लेख भएको छ।

प्राधिकरण स्थापनाको पछिल्लो २५ वर्षमा हवाई उडान १९२ प्रतिशतले वृद्धि भएको हवाई उडानमा यात्राहरुको संख्या ३६४ प्रतिशत र कार्गो १०० प्रतिशतले वृद्धि भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षमा प्राधिकरणले एड्ओटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख रुपैयाँ आय गर्दा नन् एड्ओटीकलतर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख आम्दानी गरेको थियो ।

यस्तै सो अवधिमा पुँजीगत खर्च ७ अर्ब ४४ करोड ३८ लाख, सञ्चालन खर्च ४ अर्ब २२ करोड ९९ लाख, आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख रुपैयाँ गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च गरेको छ । सन् २०२३ को अन्त्यमा आइपुग्दा ३ अन्तर्राष्ट्रिय विमानस्थलसहित आन्तरिक विमानस्थलको संख्या ५५ पुगेको छ ।

नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा गरी तीनवटा विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान हुने गरेका छन् । सन् २०२२ नोम्बेम्बरसम्म त्रिभुवन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट २९ लाख ४५ हजार ५४० जनाले हवाइ यात्रा गरेका थिए । सन् २०२३ सम्ममा अन्तर्राष्ट्रिय हवाई उडान गर्ने कम्पनी ३० पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
776SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?