National life

आर्नो कोशवा र अर्थमन्त्री पुनबिच शिष्टाचार भेट,साझेदारी मजबुत हुने दुवैको विश्वास

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ फागुन २०८०, मङ्गलबार
574Shares
आर्नो कोशवा र अर्थमन्त्री पुनबिच शिष्टाचार भेट,साझेदारी मजबुत हुने दुवैको विश्वास
ncell

काठमाडौँ। एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर आर्नो कोशवा र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबिच शिष्टाचार भेट भएको छ ।

आज मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त राखेको बताए । त्यस क्रममा उनले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण भत्किएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः डिजाइनको काम करिब अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।

यस्तै, उनले मन्त्री पुनले विश्व बैकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको जलाशययुक्त दूधकोकी जलविद्युत् आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम थाल्ने वातावरण बनाउने विश्वास व्यक्त गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जवाफमा मन्त्री पुनले प्रमुख विकास साझेदार एडिबीले नेपालका महत्त्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।

२० वर्षपछि विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगानी साझेदारी गर्ने गरी काम गर्न थालेकामा मन्त्री पुनले खुसी व्यक्त गरे । ‘दूधकोकी जलाशययुक्त र माथिल्लो अरुण नदी प्रवाहमा आधारित ठुला आयोजनामध्येका हुन्। ‘म ऊर्जा मन्त्री छँदा सुरु भएका यी आयोजनालाई प्राथमिकतामा राखेकामा एडिबीलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने।

पुनले नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको भन्दै त्यसमा सुधार गर्न खर्चिने क्षमता र विकास खर्च गर्न सक्ने जनशक्ति विकास गर्ने गरी कार्य योजना बनाएर काम गर्न लागेको जानकारी दिए।

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?