National life
cg eloctronics

इजाजतपत्र नलिई घरजग्गा कारोबार गर्नेलाई जरिवाना : यी ३६ कम्पनीले पाए मान्यता

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१२ फागुन २०८२, मङ्गलबार
1.9kShares
इजाजतपत्र नलिई घरजग्गा कारोबार गर्नेलाई जरिवाना : यी ३६ कम्पनीले पाए मान्यता
muktinatha bikash bank

काठमाडौं । घरजग्गा कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सरकारले इजाजतपत्र प्रणाली कडाइका साथ लागू गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको सार्वजनिक सूचनामा अबदेखि वैध अनुमतिपत्र प्राप्त कम्पनी वा व्यक्तिलाई मात्र घरजग्गा किनबेच, दलाली र मध्यस्थता गर्ने अधिकार रहने स्पष्ट पारिएको छ।

इजाजतपत्र नलिई घरजग्गा कारोबार सञ्चालन गर्ने, विज्ञापन गर्ने वा सेवाग्राहीसँग आर्थिक लेनदेन गर्ने कार्य पूर्णरूपमा गैरकानुनी हुने सूचनामा उल्लेख छ। यसप्रकारका कार्यमा संलग्न व्यक्ति वा संस्थामाथि प्रचलित कानून अनुसार जरिवाना, दण्ड तथा अन्य कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

विभागले पछिल्लो समय घरजग्गा कारोबारको नाममा ठगी, दोहोरो बिक्री, अवैध अग्रिम असुली र कागजात दुरुपयोगका घटना बढ्दै गएको जनाएको छ। यसलाई नियन्त्रण गर्ने र सेवाग्राहीको हित संरक्षण गर्ने उद्देश्यले इजाजतपत्र प्रणाली प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको हो। अब घरजग्गा कारोबार गर्न चाहने कम्पनी वा फर्मले तोकिएको प्रक्रिया पूरा गरी इजाजतपत्र लिनुपर्नेछ।

everest bank

हालसम्म घरजग्गा कारोबारका लागि विभागबाट अनुमति पत्र प्राप्त गरेका कुल ३६ कम्पनी निम्नानुसार छन् । 

क्रम संख्या कम्पनीको नाम
1 हिमालयन रियलटर्स प्रालि
2 कन्टिनेन्टल रियल इस्टेट प्रालि
3 एसके होम रियल स्टेट कम्पनी प्रालि
4 रुबी क्राउन प्रोपर्टिज प्रालि
5 नन्दी रियल इस्टेट प्रालि
6 ई–गुराास प्रोपर्टी सोलुसन्स प्रालि
7 जमिनदार रियल इस्टेट प्रालि
8 तिलोत्तमा बिल्डर्स प्रालि
9 रियल इस्टेट एजेन्सी प्रालि
10 बुस्पाइरप रियल इस्टेट प्रालि
11 अशोक घर संसार नेपाल प्रालि
12 पानस बिज सर्भ प्रालि
13 लुम्बिनी रियल स्टेट एन्ड मल्टिपर्पोज
14 कृष्णा डेभलपर्स प्रालि
15 ज्ञान इको इन्नोभेसन इन्भेस्टमेन्ट नेपाल
16 भूमिराज एस्टेट्स
17 दले भाइ रियल इस्टेट प्रालि
18 स्काई वल्र्ड रियल स्टेट सोलुसन प्रालि
19 एम्पायर रियल स्टेट डेभलपमेन्ट प्रालि
20 नेपाल ल्यान्ड ब्रोकर
21 डीएन ग्रुप अफ कम्पनी प्रालि
22 भोजपुर सिद्धकाली हाउजिङ प्रालि
23 प्रुडेन्सियल डेभलपर्स प्रालि
24 चार्टर्ड रियल इस्टेट प्रालि
25 घरजग्गा सेवा प्रालि
26 ओमोगा क्यापिटल एडभाइजर्स प्रालि
27 ऋतम्भरा मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालि
28 मेट्रो लिंक प्रोपर्टिज प्रालि
29 विराट रियल स्टेट एन्ड हाउजिङ
30 सम्पत्ति रियल इस्टेट प्रालि
31 रियल इस्टेट सारथि
32 प्रसिद्ध इन्भेस्टमेन्ट कम्पनी प्रालि
33 एकर्स नेपाल स्टेट प्रालि
34 मस्र्याङ्दी डेभलपमेन्ट एन्ड रिसर्च
35 सेरेन इस्टेट्स प्रालि
36 घरबारी सेवा

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?