National life

घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धी, कुन ठाउँको कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|३० चैत २०८२, सोमबार
1.3kShares
घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धी, कुन ठाउँको कारोबार कति ?
ncell

काठमाडौँ। पछिल्लो समय घरजग्गा कारोबार विस्तारै सुधारतर्फ उन्मुख भएको देखिएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार मानेर सार्वजनिक गरेको घरजग्गा कारोबारसम्बन्धी प्रतिवेदनले घरजग्गा कारोबारमा यस्तो प्रवृत्ति देखाएको हो।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार घरजग्गा किनबेचमा मौसमीय प्रभाव देख्न सकिन्छ। वर्षको सुरुवाती तीन महिनामा कारोबार कम हुने प्रवृत्ति छ भने तेस्रो र चौथो त्रैमासमा कारोबार उल्लेखनीय रूपमा बढ्ने गरेको पाइन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबार संख्यामा प्रदेशगत हिसाबले मधेश प्रदेश सबैभन्दा अगाडि छ, त्यसपछि लुम्बिनी प्रदेश छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार अपेक्षाकृत कम देखिएको छ ।

https://aarthikvoice.com/archives/87922

जग्गाको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशकै हिस्सा उच्च रहेको छ । महानगर र उपमहानगर क्षेत्रहरूमा ५ देखि १० आना आकारका घडेरीमा सबैभन्दा बढी कारोबार भएको छ। अधिकांश प्रदेशहरूमा १० देखि २५ आनासम्मका घडेरी किनबेच बढी हुने गरेको देखिए पनि मधेश प्रदेशमा २० आनाभन्दा ठूला प्लटमा कारोबार बढी भएको पाइएको छ।

https://www.youtube.com/watch?v=mbZv-QNRoUA

यस्तै, घोषित मूल्यका आधारमा भने बागमती प्रदेश अगाडि रहेको छ । कर्जा प्रवाहतर्फ हेर्दा आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा करिब ७२.४१ प्रतिशतले वृद्धि भएको छ भने आवासीय कर्जा पनि ६१.५५ प्रतिशतले बढेको छ । यसले घरजग्गा क्षेत्रमा बैंकिङ कर्जाको प्रयोग उल्लेखनीय रूपमा विस्तार भएको संकेत गर्छ।

https://www.youtube.com/watch?v=02Oo0JdDvac

यसैगरी घरजग्गा कारोबारको राजस्व संकलनमा ठूलो उतारचढाव आएको छ। आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा घरजग्गाबाट २३.७ अर्ब रुपैयाँ राजस्व उठेको थियो। त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा यो ८.२ अर्ब रुपैयाँमा झरेको थियो। तर पछिल्लो समयमा भने सुधार देखिँदै गएको छ र आर्थिक वर्ष २०८१/८२ मा यो करिब १५ अर्ब रुपैयाँ पुगेको हो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?