National life

इजाजतपत्र नलिई घरजग्गा कारोबार गर्नेलाई जरिवाना : यी ३६ कम्पनीले पाए मान्यता

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१२ फागुन २०८२, मङ्गलबार
1.4kShares
इजाजतपत्र नलिई घरजग्गा कारोबार गर्नेलाई जरिवाना : यी ३६ कम्पनीले पाए मान्यता
ncell

काठमाडौं । घरजग्गा कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सरकारले इजाजतपत्र प्रणाली कडाइका साथ लागू गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको सार्वजनिक सूचनामा अबदेखि वैध अनुमतिपत्र प्राप्त कम्पनी वा व्यक्तिलाई मात्र घरजग्गा किनबेच, दलाली र मध्यस्थता गर्ने अधिकार रहने स्पष्ट पारिएको छ।

इजाजतपत्र नलिई घरजग्गा कारोबार सञ्चालन गर्ने, विज्ञापन गर्ने वा सेवाग्राहीसँग आर्थिक लेनदेन गर्ने कार्य पूर्णरूपमा गैरकानुनी हुने सूचनामा उल्लेख छ। यसप्रकारका कार्यमा संलग्न व्यक्ति वा संस्थामाथि प्रचलित कानून अनुसार जरिवाना, दण्ड तथा अन्य कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विभागले पछिल्लो समय घरजग्गा कारोबारको नाममा ठगी, दोहोरो बिक्री, अवैध अग्रिम असुली र कागजात दुरुपयोगका घटना बढ्दै गएको जनाएको छ। यसलाई नियन्त्रण गर्ने र सेवाग्राहीको हित संरक्षण गर्ने उद्देश्यले इजाजतपत्र प्रणाली प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको हो। अब घरजग्गा कारोबार गर्न चाहने कम्पनी वा फर्मले तोकिएको प्रक्रिया पूरा गरी इजाजतपत्र लिनुपर्नेछ।

हालसम्म घरजग्गा कारोबारका लागि विभागबाट अनुमति पत्र प्राप्त गरेका कुल ३६ कम्पनी निम्नानुसार छन् । 


























































































































































क्रम संख्याकम्पनीको नाम
1हिमालयन रियलटर्स प्रालि
2कन्टिनेन्टल रियल इस्टेट प्रालि
3एसके होम रियल स्टेट कम्पनी प्रालि
4रुबी क्राउन प्रोपर्टिज प्रालि
5नन्दी रियल इस्टेट प्रालि
6ई–गुराास प्रोपर्टी सोलुसन्स प्रालि
7जमिनदार रियल इस्टेट प्रालि
8तिलोत्तमा बिल्डर्स प्रालि
9रियल इस्टेट एजेन्सी प्रालि
10बुस्पाइरप रियल इस्टेट प्रालि
11अशोक घर संसार नेपाल प्रालि
12पानस बिज सर्भ प्रालि
13लुम्बिनी रियल स्टेट एन्ड मल्टिपर्पोज
14कृष्णा डेभलपर्स प्रालि
15ज्ञान इको इन्नोभेसन इन्भेस्टमेन्ट नेपाल
16भूमिराज एस्टेट्स
17दले भाइ रियल इस्टेट प्रालि
18स्काई वल्र्ड रियल स्टेट सोलुसन प्रालि
19एम्पायर रियल स्टेट डेभलपमेन्ट प्रालि
20नेपाल ल्यान्ड ब्रोकर
21डीएन ग्रुप अफ कम्पनी प्रालि
22भोजपुर सिद्धकाली हाउजिङ प्रालि
23प्रुडेन्सियल डेभलपर्स प्रालि
24चार्टर्ड रियल इस्टेट प्रालि
25घरजग्गा सेवा प्रालि
26ओमोगा क्यापिटल एडभाइजर्स प्रालि
27ऋतम्भरा मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालि
28मेट्रो लिंक प्रोपर्टिज प्रालि
29विराट रियल स्टेट एन्ड हाउजिङ
30सम्पत्ति रियल इस्टेट प्रालि
31रियल इस्टेट सारथि
32प्रसिद्ध इन्भेस्टमेन्ट कम्पनी प्रालि
33एकर्स नेपाल स्टेट प्रालि
34मस्र्याङ्दी डेभलपमेन्ट एन्ड रिसर्च
35सेरेन इस्टेट्स प्रालि
36घरबारी सेवा

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?