National life

इन्धन संकटको सामना गर्न सार्वजनिक विदा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०३ चैत २०८२, मङ्गलबार
999Shares
इन्धन संकटको सामना गर्न सार्वजनिक विदा
ncell

काठमाडौँ। इन्धन संकटको सामना गर्न श्रीलंका सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले सार्वजनिक संस्थानहरूमा हरेक बुधबार बिदा दिने निर्णय गरेको हो।

यो कदम अमेरिकी–इजरायली आक्रमणपछि इरानसँग सम्बन्धित तेल आपूर्ति अवरुद्ध भएपछि आएको हो। राष्ट्रपति अनुर कुमार दिसानायकेले सोमबार उच्च अधिकारीहरूसँग आपतकालीन बैठकमा आगामी दिनमा इन्धनको स्थिति अझ गाह्रो हुनसक्ने भन्दै तयारी स्वरूप यो निर्णय गराइएको जानकारी दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

युद्धका कारण खाडी क्षेत्रबाट एशियातिर जाने लाखौं ब्यारेल तेल स्ट्रेट अफ हर्मुजमा अवरुद्ध भएको छ, जसले विश्वव्यापी पेट्रोलियम आपूर्तिमा प्रभाव पारेको छ र मूल्य वृद्धि भएको छ।

त्यस्तै, थाइल्याण्डमा सरकारले एयर कन्डिसनको प्रयोग घटाउन छोटो बाहुलाको टिसर्ट लगाउन नागरिकलाई सुझाव दिएको छ भने म्यानमारमा सवारी साधनको इन्धन बचतका लागि जोर–विजोर प्रणाली लागू गरिएको छ।

बंगलादेशले विश्वविद्यालयहरूमा रमजान बिदा अघि सार्दै योजना अनुसार विद्युत कटौती गरेको छ। भियतनामले पनि इन्धन बचतका लागि नागरिकलाई घरमै बस्न, साइकल चलाउन वा सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
999SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?