National life

इन्स्योरेन्स इन्स्टिच्युट नेपालको सञ्चालकमा निर्विरोध निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ पुस २०८०, बिहिबार
577Shares
इन्स्योरेन्स इन्स्टिच्युट नेपालको सञ्चालकमा निर्विरोध निर्वाचित
ncell

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको संचालक समिति निर्वाचन अन्तर्गत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएको छ ।

उम्मेदवारहरुको अन्तिम नामावलीमा उल्लेख सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा समेत इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेड, निर्वाचन अधिकृतिको कार्यालय नक्सालले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणबाट राजु रमण पौडे, शिखर इन्स्योरेन्सबाट दिप प्रकाश पाण्डे, सिटिजन लाइफबाट पोषकराज पौडेल, नेपाल पुनर्बीमा कम्पनीबाट दामोदर भण्डारी र मेट लाइफबाट निर्मलकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको संस्थापक शेयरधनीबाट निर्वाचन गराएर सञ्चालक चयन गर्ने प्रयोजनका लागि पुस २७ गते चुनावी कार्यक्रम तय भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, त्यस अगावै निर्वाचन अधिकृतको कार्यालयले पाँचै जना उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिदिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
577SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?