National life

उच्च ऋणका कारण कयौं देशले अभूतपूर्ण आर्थिक चुनौतीको सामना गरिरहेका छन् : आईएमएफ र विश्व बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ भदौ २०८०, शुक्रबार
515Shares
उच्च ऋणका कारण कयौं देशले अभूतपूर्ण आर्थिक चुनौतीको सामना गरिरहेका छन् : आईएमएफ र विश्व बैंक
ncell

काठमाडौं । आईएमएफ र विश्व बैंकले कयौं देशले अभूतपूर्ण आर्थिक चुनौतीको सामना गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र विश्व बैंकका अध्यक्ष अजय बंगाले उच्च ऋणका कारण कयौं देशले अभूतपूर्ण आर्थिक चुनौतीको सामना गरिरहेको बताएका हुन् ।

आईएमएफ र विश्व बैंकद्वारा जारी विज्ञप्तिमा बढ्दो आर्थिक र भूराजनीतिक तनाव प्रमुख चुनौती भएको भन्दै हाल देखिएका सबै समस्या क्रमश: समाधान हुँदै जाने उल्लेख छ ।

विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त बन्दै तीन दशकयताकै कमजोर अवस्थामा पुगेको जनाउँदै कोष र बैंकका उच्च अधिकारीले गरिबी न्यूनीकरणमा भइरहेको प्रगति रोकिनु चिन्ताजनक भएको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै जलवायु परिवर्तनले बढेको प्राकृतिक प्रकोप र सार्वजनिक ऋणको बढ्दो स्तरले समेत विभिन्न नयाँ-नयाँ चुनौती देखापरेको विज्ञप्तिमा उल्लेख छ । हाल देखिएका सबै समस्या समाधान गर्न दुवै संस्थाबीच अझ नजिकबाट सहकार्य हुने जनाइएको छ ।

बिहीबार कोषकी प्रबन्ध निर्देशक जर्जिएभा र विश्व बैंकका अध्यक्ष बंगाले जारी गरेको संयुक्त विज्ञप्तिमा जलवायु परिवर्तन, डिजिटल संक्रमण, बढ्दो भूराजनीतिक तनाव, उच्च ऋण स्तर, सीमित नीतिगत स्थानलगायतका कारणले कयौं देशमा आर्थिक चुनौती बढिरहेको उल्लेख छ ।

दोस्रो विश्व युद्धपछि देखिएका आर्थिक चुनौती समाधान गर्न स्थापना भएका ब्रेटन वुड्स संस्था हाल देखिएका आर्थिक चुनौती समाधान गर्न सक्षम भएको विज्ञप्तिमा उल्लेख छ ।

‘हाल देखिएको समस्या समाधान गर्न सबै राष्ट्रहरुले मिलेर काम गर्नुपर्ने देखिएको छ, कोष र बैंकले सामूहिक प्रयासमा काम गर्दै जसरी विगतमा समस्याको समाधान गरेका थिए, अहिले पनि सबैको प्रयासबाट हाल देखिएको आर्थिक चुनौतीमाथि विजय प्राप्त गर्न सकिने निश्चित छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

८० वर्षमा विश्व अर्थतन्त्रमा समस्या भएको अवस्थामा बैंक र कोषले सदस्यहरूको आवश्यकताअनुसार काम गरेको भन्दै आगामी दिनमा पनि समस्यामा परेका राष्ट्रलाई सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?