National life

उद्योग वाणिज्य महासंघले काठमाडौंमा दुई दिन रोजगार मेला आयोजना गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ जेठ २०८०, शुक्रबार
1KShares
उद्योग वाणिज्य महासंघले काठमाडौंमा दुई दिन रोजगार मेला आयोजना गर्ने
ncell

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा दुई दिने रोजगार मेला आयोजना गर्ने भएको छ । महासंघले यहीँ जेठ १६ र १७ गते टेकुस्थित आफ्नै सचिवालयमा मेलाको आयोजना गर्ने भएको हो ।

रोजगार मेलाको जेठ १६ गते विहान १० बजे उद्घाटन गरिने महासंघले जनाएको छ । रोजगार मेला नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना हुन लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रोजगार मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जवको प्राविधिक सहायता रहने छ । मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहने छ ।

कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक सिप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागिएको आयोजक महासंघले जनाएको छ ।

रोजगार मेलामा एक सय भन्दा बढी कम्पनीहरुको सहभागिता रहने छ भने मेलामा कामको खोजीमा रहेका ५ हजारभन्दा बढी यूवाहरुलाई अवलोकन गराउने लक्ष्य आयोजकले राखेको छ । कार्यक्रममा रोजगारी, सिप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श शेसनहरु समेत चलाइने छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?