काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
उक्त विवरण अनुसार लघुवित्तले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ लाख ८९ हजार रुपैयाँले बढेको हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ छ।
लघुवित्तको ब्याज आम्दानीसँगै इम्पेरिमेन्ट चार्ज घट्दा नाफा देखिएको हो । लघुवित्तले २ करोड ९८ लाख रुपैयाँ इम्पेरिमेन्ट र्चाजमा व्यवस्था गरेको छ ।
यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ३७ पैसा कायम छ । लघुवित्तको खराब कर्जा अनुपात ८.८३ प्रतिशत रहेको छ ।































