काठमाडौँ। साताको पहिलो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रवार प्रतितोला ११ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य गत शुक्रवार पनि पनि कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६४० रुपैयाँमा कारोबार भएको छ ।


































