National life

एकै वर्षमा व्यक्तिगत प्यान नम्बर लिनेको सङ्ख्या ६ लाख कट्यो, संस्थागतमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
678Shares
एकै वर्षमा व्यक्तिगत प्यान नम्बर लिनेको सङ्ख्या ६ लाख कट्यो, संस्थागतमा कति ?
ncell

काठमाडौँ। पछिल्लो समय स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ । एक वर्षको अवधिमा प्यान लिने करदाताको सङ्ख्या ६ लाख बढी कटेको छ ।

अर्थ मन्त्रालयका अनुसार आव २०८०/८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान लिएका छन् । यससँगै कुल प्यान नम्बर लिने करदाताको सङ्ख्या ४२ लाख ६७ हजार ३९५  कटेको छ । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पारिश्रमिक भुक्तानीसहितमा प्यान अनिवार्य गरिएसँगै प्यान नम्बर लिनेहरूको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको हो । आर्थिक वर्ष २०७९/८० मा ३६ लाख ४९ हजार ६१४ जनाले प्यान नम्बर लिएका थिए ।

त्यस्तै अर्थ मन्त्रालयका अनुसार व्यावसायिक स्थायी लेखा नम्बर लिनेको १९ लाख ९२ हजार ५४४ पुगेको छ । गत वर्षसम्म यो सङ्ख्या १८ लाख ७६ हजार ३०५ रहेको थियो । करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको सङ्ख्या ८० हजार ४३० रहेको छ ।

उता, मूल्य अभिवृद्धि कर (मूअक) तर्फ दर्ता हुने करदाताको सङ्ख्या ३ लाख ३४ हजार ९८३ पुगेको छ। एक वर्षमा २६ हजार ५०६ जना मूअकमा दर्ता भएको तथ्यांकमा उल्लेख भएको छ । अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या भने १ लाख २५ हजार ८१ पुगेको छ । यस आवमा ८ हजार ४०६ करदाता अन्तःशुल्कमा दर्ता भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?