National life

एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ असार २०८०, बिहिबार
716Shares
एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने
ncell

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ऋण दिने भएको छ । एडीबीले नेपाललाई साढे ६ अर्ब ऋण दिने भएको हाे ।

एसियाली विकास बैंकले नेपालको आन्तरिक तथा बाह्य व्यापार सम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्च गर्ने गरी ऋण स्वीकृति गरेको छ । एडीबीले ५ करोड अमेरिकी डलर (झण्डै ६ अर्ब ६० करोड रुपैयाँ) ऋण स्वीकृति गरेको हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अहिले नेपालको जीडीपीमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत देखिन्छ । सरकारले लिएको जीडीपीमा व्यापारको हिस्सा बढाउने लक्ष्यमा यो सहायता उपयोग गरिने भएको छ ।

व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धा बढाउने र यसले समग्र मुलुकलाई आर्थिक वृद्धितर्फ लैजान मद्दत गर्ने एडीबीका दक्षिण एसिया विभागका निर्देशक थियाम ही एनजीले बताएका छन् ।

उनले सुधारिएको व्यापार सहजीकरणले निर्यात बढाउन र नेपालको भुक्तानी सन्तुलनलाई सम्बोधन गर्न मद्दत गर्ने समेत बताए । यो सहायताले भन्सार प्रशासनलाई डिजिटल प्रविधिमा लैजान भूमिका खेल्ने बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
716SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?