National life

एनआईसीसीआई र इटालीका वाणिज्यदूतबीच द्विपक्षीय बैठकको आयोजना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असोज २०८१, मङ्गलबार
576Shares
एनआईसीसीआई र इटालीका वाणिज्यदूतबीच द्विपक्षीय बैठकको आयोजना
ncell

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई)ले कोलकाता स्थित इटालीका महावाणिज्यदूत रिकार्डो डल्ला कोस्टासँग उच्च स्तरीय द्विपक्षीय बैठकको आयोजना भएको छ ।

उक्त बैठकमा एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डेबीच नेपाल र इटालीबीच व्यापार सम्बन्ध सुदृढ पार्ने विषयमा छलफल भएको छ । बैठकमा उत्पादन, कृषि, पर्यटन, र प्रविधि जस्ता मुख्य क्षेत्रहरूमा सहकार्यको महत्त्वलाई जोड दिइएको थियो ।

दुवै देशका लागि सम्भावित वृद्धि क्षेत्रहरू पहिचान गर्दै आगामी दिनमा आयोजना गर्न सकिने व्यापार मेला र व्यवसायिक फोरमहरूको योजनाका वारेमा समेत बैठकमा छलफल भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसले सीमापार लगानी र साझेदारीका अवसरहरूलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

यस्तै बैठकमा दुवै पक्षले आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन साझा दृष्टिकोण स्पष्ट पारिएको बताईएको छ । यसले नेपाल र इटालीबीचको द्विपक्षीय व्यापार र लगानीलाई प्रवर्द्धन गर्ने र दक्षिण एशियाली बजारमा पनि संलग्नता विस्तार गर्नसक्ने सम्भावनाहरू खोज्ने लक्ष्य राखेको छ ।

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?