National life

एनआईसीसीआईको ऐतिहासिक बैठक इटालीमा सम्पन्न, नेपाल–इटाली व्यापार सम्बन्ध प्रगाढ बनाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ भदौ २०८०, शुक्रबार
490Shares
एनआईसीसीआईको ऐतिहासिक बैठक इटालीमा सम्पन्न, नेपाल–इटाली व्यापार सम्बन्ध प्रगाढ बनाउने
ncell

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्श एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलले सम्मानित इटालियन चेम्बरहरू रोम र मिलानको यही भदौ १७–२३ सम्म ऐतिहासिक भ्रमण गरेका थिए । यस महत्वपूर्ण भ्रमण एनआईसीसीआईको लागि द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्न र व्यापारका अवसरहरुको सम्भाव्यता अध्ययन गर्र्न साथै नेपाल र इटालीबीच व्यापारिक र सांस्कृतिक सम्बन्ध निर्माण र विस्तारमा केन्द्रित रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालले रोम चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री र मिलान चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री सँग गरेको भेट पहिलो पटक हो, दुबै इटालीयन संस्था व्यवसायिक सहयोगका लागि प्रख्यात छन् । यो बैठकले इटालियन सरकारी अधिकारीहरू र एसोका मेरेस्टेरोको (ASSOCAMERESTERO) सार्वभौम परिप्रेक्ष्यमा एनआईसीसीआईको स्थापना,मान्यता, भविष्य र युरोपेली संघको लागि साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दै ठूलो महत्व राखेको छ ।

यी भेटहरुमा रोमस्थित नेपालकालागि सम्मानित महावाणिज्य दूत पाओलो नुगारी (Mr. Paolo Nugari) सँग छलफल भएको थियो । सन् १९७० देखि नेपालको व्यापक अनुभव सँगै, नुगारीले नेपालको भविष्यको लागि आफु आशावादी रहेको बताए र इटाली सरकारले एनआईसीसीलाई मान्यता दिलाउन सहयोग गर्ने प्रतिज्ञा गरे ।

नेपालको एक निजी संस्थाद्वारा मिलान चेम्बर अफकमर्स (प्रोमोस इटालिया) सँगको पहिलो बैठकबाट उल्लेखनीय सफलता प्राप्त भएको छ, मिलानले विभिन्न रुपमा एनआईसीसीलाई सहयोग गर्न आफ्नो प्रयास रहने बताएको छ ।

यी ऐतिहासिक भेटवार्तासँगै, नेपाल र इटालीबीचको सम्बन्धको आधिकारिक सुरुवातको रूपमा एनआईसीसीआईका लागि इटालियन बिजनेस ल्यान्डस्केपको ढोका खुला भएको छ। एनआईसीसीआई दुई राष्ट्रबीचको व्यापारिक सहकार्य र अवसरहरूको नयाँ युगको सुरुवात गर्न तयार छ।

एनआईसीसीको बारेमाः

नेपाल इटाली चेम्बर अफकमर्स एण्ड इन्डस्ट्री (एनआईसीसी) नेपाल र इटालीबीचको व्यापार र वाणिज्य प्रवद्र्धनमा समर्पित संस्था हो । एनआईसीसीआई पारस्परिक रूपमा लाभदायक साझेदारीलाई प्रवद्र्धन गर्न र दुई राष्ट्रबीचको व्यापार वृद्धिलाई सहजीकरण गर्न समर्पित संस्था हो ।

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?