National life

एनआईसी एशिया क्यापिटल र संखुवासभा पावर डेभलपमेण्ट कम्पनी बीच दुई पक्षिय सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ माघ २०८०, आइतबार
1.2kShares
एनआईसी एशिया क्यापिटल र संखुवासभा पावर डेभलपमेण्ट कम्पनी बीच दुई पक्षिय सम्झौता
ncell

काठमाडौं । एन आई सी एशिया क्यापिटल र संखुवासभा पावर डेभलपमेण्ट कम्पनी बीच क्यापिटलको IDEA to IPO इ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

एन आई सी एशिया क्यापिटलले “IDEA to IPO ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि क्ष्एइ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

सोही सेवा अन्तर्गत काठमाण्डौ महानगरपालिका, पेप्सीकोला, काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको संखुवासभा डेभलपमेण्ट कम्पनीलाई क्यापिटलको “IDEA to IPO ” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित संखुवासभा पावर डेभलपमेण्ट प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर (IPO) निष्कासन गर्न एन आई सी एशिया क्यापिटल लिमिटेड र संखुवासभा पावर डेभलपमेण्ट कम्पनी बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सम्झौता पत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अर्जयालले हस्ताक्षर गरेका छन् । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले संखुवासभा जिल्ला स्थित सभाखोलामा दुईवटा जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमध्ये ९.४१२ मेगावाटको सुपर सभाखोला जलविद्युत आयोजना र ४.१ मेगावटको सुपर सभाखोला साना जलविद्युत आयोजना रहेका छन् । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले जारी पूँजीको २५ प्रतिशत शेयर अर्थात रु.१०० अंकित दरका २५,५०,००० कित्ता साधारण शेयर निकट भविष्यमा प्रचलित कानून बमोजिम सर्वसाधारणमा निष्काशन गर्ने भएको छ ।

एन आई सी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग दामोदर रायमाझी मोवाइल नं.९८०२३५५६७८ मा सोझै सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?