National life

एलआइसी नेपाल २४औँ वर्षमा प्रवेश, विभिन्न व्यक्तिहरूलाई सम्मान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
846Shares
एलआइसी नेपाल २४औँ वर्षमा प्रवेश, विभिन्न व्यक्तिहरूलाई सम्मान
ncell

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २३ वर्ष पुरा गरी २४ औँ वर्षमा प्रवेश गरेको छ। एलआइसी नेपाल इ.स.२००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रूपमा बीमित तथा सेवाग्राहीहरूलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको नेपालको एक अग्रणी बीमा कम्पनी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपालको कुनाकाप्चा र बहुसङ्ख्यक नागरिकका बिच बीमा बारे सचेतना बढाई बीमासेवाको दायरा वृद्धि गर्न एलआइसी नेपालले अहम् भूमिका खेलेको छ । २३ औँ वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा कम्पनीका संस्थापक सञ्चालक अशोक कुमार अग्रवालले कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता ,एजेन्सी म्यानेजर एवं निम्तालु अतिथिहरूलाई दोसल्ला ओढाइ तथा टिका एवं माला पहिर्‍याई सम्मान गरेका हुन्।

प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुने एजेन्ट पूर्ण बहादुर खड्का, बीमालेखको आधारमा प्रथम हुने शारदा राई(काठमाडौँ) एजेन्सी म्यानेजरको आधारमा प्रथम हुनुहुने रिता खतिवडालाई माला तथा दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

त्यसै गरी सन् २००१ देखि अभिकर्ताको हैसियतमा सेवा प्रदान गर्नुहुने उमेरले वरिष्ठ सक्रिय अभिकर्ता  शंकर कार्की, चिकित्सकको रूपमा सेवा प्रदान गर्नुहुने डा.अनिल मिश्र, हिमालयन पुनर्बीमा कम्पनीका डेपुटी कार्यकारी अधिकृत मनिष कुमार, केयर रेटिङका प्रमुख कार्यकारी अधिकृत इक्रा नेपालकी प्रबन्ध निर्देशक वर्षा श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक प्रणय कुमारले वर्तमान विषम परिस्थितिको बाबजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आइपर्ने जोखिमलाई न्यूनीकरण गरी आम नागरिकको विश्वास जित्न सफल भएको छ भनी प्रस्ट पार्नु पारेका थिए । कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याई पुराउनमा नियमनकारी निकाय, सञ्चालक समिति, शेयर धनी एवं कर्मचारी लगायत सबैमा कृतज्ञताका साथै धन्यवाद व्यक्त गरेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
846SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?