National life

एशियन लाइफको बार्षिक साधारणसभाबाट हकप्रद र बोनस प्रस्ताव पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ फागुन २०८०, शुक्रबार
1.2kShares
एशियन लाइफको बार्षिक साधारणसभाबाट हकप्रद र बोनस प्रस्ताव पारित
ncell

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

कम्पनीको साधारणसभाले हाल कायम चुक्तापूँजीको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.४०७८ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तैगरी, ७.७५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशत ९१ः ०.४२०को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।

सेयर संरचना परिवर्तनपछि सञ्चालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारणको समूहबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक रहने गरी जम्मा ६ जनाको सञ्चालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

बोनस सेयर र हकप्रद वितरणपछिको हदसम्म जारी र चुक्तापूँजी स्वीकृतिको अजेण्डा बैठकले पारित गरेको कम्पनीले जनाएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?