काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विराटनगर शाखाले २ लाख ५६ हजार ९२३ रुपैयाँको दाबी भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार दुहबी–१०, सुनसरी निवासी पशुपति सरबरियाको छोरा बीमित प्रमेश सरबरियाको गत वर्षको माघ ११ गते १४ वर्षको उमेरमै असामयिक निधन भएको थियो । बीमितले एशियन लाइफको सावधिक जीवन बीमा योजनामा २ लाख २३ हजार रुपैयाँको बीमा गरेका थिए ।
सोही बीमा बापतको रकम बीमितको निधनपछि कम्पनीले आवश्यक प्रक्रिया पुरा गरी बीमितको बुवालाई हस्तान्तरण गरेको छ ।
शाखाले एक दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्दै बीमितको परिवारलाई उक्त रकम बराबरको चेक परिवारलाई हस्तान्तरण गरेको हो ।

































