National life

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ भर्ने आज अन्तिम दिन,कतिले भरे ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ फागुन २०८१, सोमबार
692Shares
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ भर्ने आज अन्तिम दिन,कतिले भरे ?
ncell

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले बिक्री खुला गरेको आइपीओमा १३ करोड ७२ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

आज अन्तिम दिन सम्म ५१ हजार ७२९ जनाले १३ लाख ७२ हजार ७६० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । जुन मागभन्दा ७.६२ गुणा बढी आवेदन हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८० हजार कित्ता सेयर आइपीओ जारी गरेको थियो । ओम मेगाश्रीले नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको थियो ।

जसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको हो । आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?