काठमाडौँ। नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको अडान नछोड्ने निर्णय गरेको छ ।
आज दिउँसो १ बजेदेखि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीका शीर्ष नेताको बैठकले आफ्नो अडान यथावत् राख्ने निर्णय गरेको हो ।
कांग्रेसले बिहान बालुवाटारमा भएको बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय समिति बनाउनुपर्ने अडान अगाडि सारेको थियो । सत्ता पक्षले भने गोर्खा मिडिया प्रालिको नाम लेखेपछि रवि लामिछानेको नाम नराख्ने प्रस्ताव गर्दै आएको छ ।

































