National life

काठमाडौंको दर्शन बचत तथा ऋण सहकारी पनि समस्याग्रस्त सहकारी घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ कात्तिक २०८१, बुधबार
568Shares
काठमाडौंको दर्शन बचत तथा ऋण सहकारी पनि समस्याग्रस्त सहकारी घोषणा
ncell

काठमाडौं । काठमाडौंको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि समस्याग्रस्त सहकारीमा घोषणा भएको छ । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले कीर्तिपुर नगरपालिका–९ मा रहेको सहकारी समस्याग्रस्त सहकारीमा घोषणा गरेको हो ।

सहकारी संस्थाले संस्थाको सेयर सदस्यको बचत लामो समयदेखि भुक्तानी गर्न नसकेपछि मन्त्रालयले समस्याग्रस्त घोषणा गरिएको बताइएको छ । दुई वर्षभन्दा लामो समयदेखि बचतकर्ताको बचत फिर्ता गर्न नसकेको उक्त सहकारीको सेयर सदस्यसँगको कारोबार एक अर्ब ५० करोड रुपियाँ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ को उपदफा (२) बमोजिम मन्त्रीस्तरको निर्णयबाट उक्त सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको हो । प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले मन्त्रालयको लामो प्रयासपछि पनि सहकारी संस्थाले सेयर सदस्यको बचत भुक्तानी नगरेपछि समस्याग्रस्त सहकारी घोषणा गरिएको जानकारी दिए ।

नौ हजार ८५७ शेयर सदस्यको बचत फिर्ता गर्न बाँकी रहेको भन्दै सहकारी संस्थाले बचतकर्ताको एक अर्ब ५२ करोड ८२ लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको उनले बताए ।

प्रदेशका सहकारी रजिस्ट्रार र सहकारीका सञ्चालकबिच समस्या समाधान गर्न दुई वर्षदेखि पटक पटक छलफल र पहल भए पनि समस्या समाधान नभएको भन्दै मन्त्री ठकुरीको भनाइ छ ।

सहकारी रजिस्ट्रारले संस्थाका हितविपरीत कुनै कार्य गरेकोलगायतका अवस्था देखिएमा मन्त्रालयसमक्ष त्यस्तो संस्था वा सङ्घलाई समस्याग्रस्त घोषणा गर्न सक्ने सहकारी ऐनमा व्यवस्था रहेको छ ।

सहकारीले गत पुस २८ गते १३ औँ साधारण सभा गर्नुका साथै सहकारीबारे विवाद सिर्जना हुन थाले पनि श्वेतपत्र तथा बचत फिर्ता कार्ययोजना बनाएर बागमती प्रदेशको सहकारी महाशाखामा एक वर्षअघि बुझाएको देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?