National life

कानुन अनुसार औषधि पसल सञ्चालन गर्न मेयर शाहको निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० मंसिर २०८०, बुधबार
609Shares
कानुन अनुसार औषधि पसल सञ्चालन गर्न मेयर शाहको निर्देशन
ncell

काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले कानुन अनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएका छन् ।

मेयर शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएका छन्।

मेयर शाहले लेखेका छन् हामी काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौं। यस महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू गर्दै आइरहेको तपाईंहरूलाई थाहा नै छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरू कानुनविरीत औषधि बिक्रि वितरण भइरहेको गुनासो आएको मेयर शाहले बताए । काठमाडौं

महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको,औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको,चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ।’ उनले लेखेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?