National life

मेट्रोपोलिस निर्देशक समितिको बैठकमा सहभागी हुन ब्राजिल उडे मेयर बालेन शाह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असार २०८१, सोमबार
697Shares
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा सहभागी हुन ब्राजिल उडे मेयर बालेन शाह
ncell

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह मेट्रोपोलिस निर्देशक समितिको बैठकमा सहभागी हुन ब्राजिलतर्फ प्रस्थान गरेका छन् ।

असार ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा सहभागी हुनका लागि आज बिहान २ः१५ बजेको उडानबाट मेयर शाह ब्राजिल प्रस्थान गरेका हुन्। बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने कार्यक्रममा छन् । मेयरका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् ।

सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा शाहले सम्बोधन गर्नेछन् । कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा बुधवार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा प्रमुख शाहले प्यानलिष्टका रूपमा धारणा प्रस्तुत गर्नेछन् ।

मेट्रोपोलिस विश्वका ठूला महानगरहरूका बिचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो।

यो समाचार शेयर गर्नुहोस्
697SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?