National life

काठमाडौँ महानगरका सचिवालय प्रमुख न्यौपाने सहित अन्य दुई जना निलम्बन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
715Shares
काठमाडौँ महानगरका सचिवालय प्रमुख न्यौपाने सहित अन्य दुई जना निलम्बन
ncell

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ। कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको क्रममा आफूखुसी निर्णय गरेको भन्दै महानगरपालिकाले तीनजना कर्मचारीलाई निलम्बन गरेको हो।

मेयर बालेन शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन परेका हुन्।

नगरसभाको २३ औँ बैठकमा भएको निर्णय उल्ट्याएको पाइएपछि तीन कर्मचारी निलम्बनमा परेको मेयर शाहको सचिवालयले जानकारी दिएको छ । ‘नगरसभाको निर्णय विपरित काम गरेको पाईएपछि मेयर शाहले उनीहरुलाई निलम्बनको निर्णय लिएको सचिवालयको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निलम्बनमा परेसँगै हिजो (सोमबार) महानगरमा आयोजित स्वास्थ्यको कार्यक्रम पनि शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले सञ्चालन गरेका थिए।

 

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?