काठमाडौँ । नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को कार्तिक महिनासम्ममा ३ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले ४८ लाख ७८ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।
प्राधिकरणको तथ्याङ्क अनुसार गार्डियन माइक्रो लाइफले कार्तिक महिनासम्ममा २८ सय ८० वटा बिमा पोलिसी विक्री गरी २७ लाख ७० हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।
यस कम्पनीले असार २२ गते कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । कम्पनी कार्तिक महिनामा मात्रै ११ सय ३९ वटा बिमा पोलिसी विक्री गरी ८ लाख ३९ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्ममा २२ सय ३५ वटा बिमा पोलिसी विक्री गरी २० लाख ३६ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गर्न सफल भएको छ ।
कम्पनीले गत साउन १० गतेदेखि कणाली प्रदेशको वीरेन्द्रनगर केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ । कम्पनीले कार्तिक महिनामा मात्रै १२ सय ४५ वटा बिमा पोलिसी विक्री गरी ८ लाख ९७ हजार कुल बिमा शुल्क आर्जन गर्न सफल भएको छ ।
त्यसै गरी लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कार्तिक महिनासम्ममा ६३ वटा बिमा पोलिसी विक्री गरी ७२ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

































