National life

कास्य पदक विजेता पलेशालाई सरकारले गर्‍यो ६५ लाख सहित सम्मान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ भदौ २०८१, शुक्रबार
554Shares
कास्य पदक विजेता पलेशालाई सरकारले गर्‍यो ६५ लाख सहित सम्मान
ncell
काठमाडौँ । पेरिस पारालिम्पिक्समा तेक्वान्दोकोको ४४ विधाअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी पलेशा गोवर्द्धनलाई सरकारले ६५ लाख नगदसहित सम्मान गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम आयोजित गर्दै पलेशालाई सम्मान गरिएको हो। त्यस्तै, पलेशा सहित खेल प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता गोवर्द्धनसहित प्रशिक्षकहरूलाई नगद र प्रशंसा पत्रसहित सम्मान गरेका हुन् ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रदान गरिएको यो पुरस्कारमा लाग्ने कर छुट गरिने निर्णय यसअघि मन्त्रिपरिषद्ले गरेको थियो।
 
यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?