National life

कांस्य पदक विजेता पलेशालाई पाँच लाख नगदसहित काठमाडौँ महानगरद्वारा सम्मान 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ भदौ २०८१, बुधबार
688Shares
कांस्य पदक विजेता पलेशालाई पाँच लाख नगदसहित काठमाडौँ महानगरद्वारा सम्मान 
ncell

काठमाडौँ। पेरिस पारालिम्पिक, २०२४ मा कांस्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई काठमाडौँ महानगरपालिकाले पाँच ख लानगदसहित सम्मान गरेको छ।

महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज एक कार्यक्रम आयोजना गर्दै महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०ले सम्मान पत्र तथा उपप्रमुख सुनिता डंगोलले पाँच लाखको चेक पलेशालाई हस्तान्तरण गरेका हुन् ।

सम्मान कार्यक्रममा महानगर प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन सङ्गीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी थिए।

पलेशाले गत शुक्रवार फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के–४४ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कांस्य पदक प्राप्त गरेकी थिइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अङ्कले पराजित गरेकी थिइन्।

यो समाचार शेयर गर्नुहोस्
688SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?