काठमाडौं । कुमारी बैंक लिमिटेडको पाँच अर्ब मूल्यको ऋणपत्र आज २७ गते बुधबारका दिन नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको छ ।
बैंकले वार्षिक १० प्रतिशत व्याजदर दिनेगरी जारी गरेको दशवर्ष अवधिको “१०५ केबिएल डिबेञ्चर २०९०” डिबेन्चर आज सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मङ्सिर २२ गतेको निर्णयानुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा ऋणपत्र सूचीकरण गरिएको हो ।
कुमारी बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा क्रम संख्या १ देखि ५० लाखसम्मको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल ५० लाख कित्ता बिक्री गरेको थियो ।
जसमध्ये सर्वसाधारण समक्ष २० लाख र व्यक्तिगत तबरबाट ३० लाख कित्ता बिक्री आह्वान गरेको थियो ।
धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेप्से मार्फत बैंकको “१०५ केबिएल डिबेञ्चर २०९० डिबेन्चर/ऋणपत्रको दोस्रो बजारको कारोबार सुरु हुनेछ ।
































