काठमाडौँ। कुमारी बैंक लिमिटेड र समता घरेलु लघुवित्तले संस्थापक सेयर धनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले १ लाख ५३ हजार १२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यी शेयरहरूमा सम्बन्धित संस्थापक विद्यमान संस्थापक शेयर धनीले मात्रै आवेदन दिन पाउने प्रकाशित सूचनामा जनाइएको छ।
सोमध्ये कुमारी बैंकले संस्थापक शेयर धनीको नाममा रहेको ८८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यो शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।
































