National life

कुमारी बैंक लिमिटेड सहित यी तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ जेठ २०८१, बिहिबार
604Shares
कुमारी बैंक लिमिटेड सहित यी तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा
ncell

काठमाडौं। कुमारी बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।

कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६२ हजार ९६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो। यो शेयर संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्। शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड वा प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रभु महालक्ष्मी लाइफले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४६ हजार २३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर साविकका शेयरधनीहरूले किन्न पाउनेछन् । शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

सिद्धार्थ बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ७२ हजार ९२७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर संस्थापक शेयधरनीले मात्रै किन्न पाउनेछन् । शेयर किन्न चाहने शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय वा कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

अन्यथा यी शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?