National life

कोरियामा कामको दुुई क्षेत्र थपियो,एक हप्ताभित्रै आवेदन खुलाउने तयारीमा ईपीएस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
892Shares
कोरियामा कामको दुुई क्षेत्र थपियो,एक हप्ताभित्रै आवेदन खुलाउने तयारीमा ईपीएस
ncell

काठमाडौँ । दक्षिण कोरियाले यस वर्षदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ। कोरिया सरकारले अबदेखि कृषि र उत्पादनमूलक क्षेत्रसहित अन्य थप तीन वटा क्षेत्रमा कामदार लैजाने भएको हो ।

नेपालले श्रम सम्झौता गरेको देशमध्ये सुरक्षा र आम्दानीको हिसाबले आकर्षक गन्तव्य बनेको कोरियाले थप रोजगारीको क्षेत्रका कामदार लैजाने रोजगार अनुमति प्रणाली इपीएस कोरिया शाखाले जनाएको छ ।

कोरियन सरकारले हाल नेपालबाट लैजाने गरेको दुई क्षेत्रबाहेक अन्य तीन क्षेत्र थपमा नेपाली कामदार लाने घोषणा गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त क्षेत्र थप गरेसँगै रोजगारीको दायरा बढेको छ ।

सन् २००८ मा श्रम सम्झौता गरेको दक्षिण कोरियाले हालसम्ममा कृषि क्षेत्र तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा कामदार लैजाने गरिरहेको छ । त्यसमा गत वर्षबाट सीप बिल्डिङमा पनि रोजगारीको लागि खुल्ला गरेको थियो ।

गत वर्ष सीप बिल्डिङमा खुला गरेको क्षेत्रको परीक्षा पनि भइसकेको छ भने आगामी हप्तामा नतिजा प्रकाशित गर्ने तयारी गरेको छ । त्यस्तै, कोरियाले आगामी दिनमा निर्माण र सेवा क्षेत्रमा पनि कामदार लैजाने सम्झौता भएको इपीएस कोरिया शाखाले जनाएको छ ।

‘सेवा क्षेत्रको रेष्टुरेन्ट, होटल, हस्पिटल वन पैदावारलगायत अन्य क्षेत्रमा लैजाने भएको छ,’ उक्त रोजगारीको बाटो खुल्ला गरेसँगै नेपालीहरू पाँच क्षेत्रमा जान पाउनेछन् ।’

त्यस्तै, सरकारले आगामी एक हप्तामा उत्पादनमूलक क्षेत्रको आवेदन खुलाउने तयारी गरेको छ । अबको एक हप्तामा उत्पादनमूलक क्षेत्रमा भाषा परीक्षाका लागि आवेदन खुलाउने तयारी गरेको इपीएस शाखाको भनाई छ ।

कोरिया सरकारले नेपालसहित अन्य १६ वटा देशबाट हरेक वर्ष लाखौँको सङ्ख्यामा कामदार माग गर्दै आएको छ । यो आर्थिक वर्षसम्ममा २५ हजारदेखि ३० हजार कामदार कोरिया पुग्ने इपीएस शाखाको भनाई छ ।

कोरिया सरकारले सन् २०२४ का लागि १ लाख ६५ हजार विदेशी श्रमिकको कोटा माग गरेको छ । जसमा उक्त कोरिया सरकारले नेपालसहित अन्य १६ देशका लागि कोटा निर्धारण गरेको छ ।

कोटा निर्धारण गरेकोमा नियमितको लागि १ लाख ४३ हजार ५३० जना तोकिएको छ भने २१ हजार ४ सय ६० जना प्रतिबद्ध (कमिटेड) लाई तोकेको छ ।

जसका कोरिया सरकारले उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी कोटा तोकेको छ । कोरिया सरकारले ९५ हजार उत्पादनमूलक क्षेत्र, कृषि तथा पशुपालन क्षेत्रमा १६ हजार, सीप बिल्डिङमा ५ हजार, निर्माण क्षेत्रमा ६ हजार, सेवा क्षेत्रमा १३ हजार अन्य आवश्यक क्षेत्रमा ३० हजार जना तोकिएको छ ।

नेपाली युवाहरूको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा वार्षिक हजारौँको सङ्ख्यामा नेपालीहरू रोजगारीका लागि गइरहेका छन् । गत वर्ष मात्रै नेपालबाट २२ हजारभन्दा बढी नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
892SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?