National life

खाद्य व्यवस्थाले राख्यो ३० केजी बढीका ९० वटा च्याङ्ग्रा बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ मंसिर २०८०, शुक्रबार
624Shares
खाद्य व्यवस्थाले राख्यो ३० केजी बढीका ९० वटा च्याङ्ग्रा बिक्रीमा
ncell

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकेजी एक हजार एक सय २५ रुपैयाँका दरले च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ।

दसैँ र तिहारमा च्याङ्ग्रा नबिकेपछि कम्पनीले मौज्दात च्याङ्ग्रा बिक्रीका लागि आज एक सूचना जारी गरेको छ । स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउ पत्र पेस गर्न सक्नेछन्।

बोलपत्र धरौटी रकम ७५ हजार रुपैयाँ र न्यूनतम कबोल दर प्रतिकेजी एक हजार एक सय २५ रुपैयाँ निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल ३० केजी बढीका ९० वटा च्याङ्ग्रा बाँकी रहेको कम्पनीले जनाएको छ ।

दरभाउ पत्र पेस गर्ने म्याद आगामी पुस १ गते दिउँसो १२ बजेसम्म सूचनामा उल्लेख छ । दरभाउ पत्र सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीको जारी सूचनामा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?