National life

खुला बजार कारोबारसम्बन्धी कार्यविधि संशोधन, के-के थपियो ? (पूर्णपाठ)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
499Shares
खुला बजार कारोबारसम्बन्धी कार्यविधि संशोधन, के-के थपियो ? (पूर्णपाठ)
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंक खुला बजार कारोबार सम्बन्धीको सातौँ कार्यविधि संशोधन गरेको छ । उक्त संशोधित कार्यविधि गभर्नर महाप्रसाद अधिकारीले पुस ८ गते स्वीकृत गरेका छन्। यो कार्यविधि २०७८ पुस ६ गतेबाट लागू गरिएको थियो।

मौद्रिक नीतिका उद्देश्य प्राप्ति तथा वित्तीय स्थायित्वका लागि वित्तीय बजारमा ब्याजदर स्थिरता एवं तरलताको वञ्चित सीमा कायम राख्न खुला बजार कारोबार सञ्चालन गरी आवश्यक उपकरणहरू प्रयोग गर्न आवश्यक देखिएको नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा (३) तथा नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (पाँचौँ संशोधन, २०८१ , २०७८ को विनियम ३) ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि तयार गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आर्थिक अनुसन्धान विभागबाट प्रत्येक दिन उपलब्ध गराइने बैंकिङ्ग प्रणालीमा विद्यमान तरलताको स्थिति, भारित औसत अन्तरबैंक ब्याजदर तथा तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको अवस्थाका आधारमा मौद्रिक नीतिले तोकेको ब्याजदर करिडोर कायम गर्न आवश्यकताअनुसार तरलता प्रवाह तथा प्रशोचनसम्बन्धी कार्य समिति विभागले गर्नेछ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा बैंकदरलाई लिइएको छ र स्थायी तरलता सुविधा बैंकदरमा उपलब्ध गराइनेछ । साथै, ओभरनाईट रिपो नीतिगत दरमा उपलब्ध गराइने भएको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा स्थायी निक्षेप सुविधालाई लिइएको छ भने ब्याजदर करिडोरको तल्लो सीमाको ब्याजदरमा निक्षेप संकलन बोलकबोल समेत गर्न सकिने छ।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/12/OMO-Procedure-2078_7th.-Revision.pdf"]

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?