National life

गण्डकीका मुख्यमन्त्री पाण्डेसँग करोडौँको सम्पत्ति, अन्य मन्त्रीसँग कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ कात्तिक २०८१, बुधबार
907Shares
गण्डकीका मुख्यमन्त्री पाण्डेसँग करोडौँको सम्पत्ति, अन्य मन्त्रीसँग कति  ?
ncell

काठमाडौं । गण्डकीका मुख्यमन्त्री पाण्डेको करोडौँको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले आज सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

आज सार्वजनिक भएको मुख्यमन्त्री, मन्त्रीहरूको सम्पत्ति विवरणमा व्यवसाय, पैतृक सम्पत्ति, विभिन्न स्थानमा घर–जग्गा, सुनचाँदी, बैंक बचत, शेयर लगायतमा सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। जस अनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको एभरेष्ट बैंकको खातामा  व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेष्ट बैंकमा २७ लाख ७४ हजार मौज्दात रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै , पत्नी विना पाण्डेको नाममा प्रभु बैंकमा ६७ लाख रुपैयाँ तलब तथा उपदानमार्फत नगद जम्मा गरेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरेका छन्। साथै, छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा ४ लाख ७८ हजार बैंक मौज्दात छ। मुख्यमन्त्री पाण्डेको दियालो फुडल्याण्ड प्रालिमा ६१ हजार १ सय, बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता शेयर रहेको र श्रीमती विनाका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ५ हजार, छोरा सुयोग्यको नाममा ४ हजार कित्ता शेयर विवरणमामा उल्लेख छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश बहादुर केसीले गण्डकी हाइड्रोमा १ करोड ८० लाख, युनिफाइड हाइड्रोमा ५६ लाख रहेको खुलाएका छन्। श्रीवृद्धि सहकारी र वाराही प्रशारण प्रालिमा उनले शेयर रहेको खुलाएका विवरणमा खुलाएका छन् ।

साथै, गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दु कुमार थापाले  विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेको विवरण सार्वजनिक गरेका छन् । थापाको लुम्बिनी विकास बैंकमा ५६ लाख र एनएमबी बैंकमा ६ करोड ६३ लाखको शेयर छ । थापाले एनएमबी बैंकमा १२ करोड ३१ लख, ग्रिन डेभलपमेन्ट बैंकमा १२ करोड ५० लाख, पोखरा फाइनान्समा ८५ करोड, मनोहरजंग राणाबाट ९४ लाख ९५ हजार, अनिता थापाबाट ५५ लाख र ३० लाख रुपैयाँ ऋण लिएको खुलाएका छन् ।

गण्डकी प्रदेश सरकारका नव नियुक्त वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले कृषि विकास बैंक, ग्लोबल आइएमई, एसबीआई बैंकमा खाता रहेको उल्लेख गरेपनि रकम खुलाएका छैनन् । उनको ग्लोबल आईएमई बैंकमा ११ हजार कित्ता र लिबर्टी हाइड्रोमा १८ हजार कित्ता शेयर छ । उनले १२ करोड राष्ट्रिय वाणिज्य बैंकबाट, १ करोड सिद्धार्थ बैंकबाट र ५० लाख नबिल बैंकबाट ऋण लिएको विवरणमा उल्लेख गरेका छन् ।

गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले भने आफ्नो बैंकको ब्यालेन्स उल्लेख गरेका छैनन् । उनले ५ करोड रुपैयाँ बराबरको होटल राइनास होम सञ्चालनमा रहेको आफ्नो विवरणमा उल्लेख गरेका हुन् ।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले झण्डै २ लाख बैंक मौज्दात देखाएका छन् भने काठेखोला हाइड्रोपावरमा एक सय कित्ता शेयर रहेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले ५ लाख बैंक मौज्दात गरेको बताएका छन् । नेपाल लाइफ इन्सोरेन्समा शेयर रहेको र विभिन्न आमा समूह, महिला समूहमा मासिक बचत गरेको विवरणमा उल्लेख छ ।

गण्डकी प्रदेशको भूमि व्यवस्था तथा कृषिमन्त्री पद्मा जिसी श्रेष्ठले १ लाख ११ हजार रुपैयाँ मात्र बैंक मौज्दात खुलाएकी छिन । जिसीको एनएमबी बैंकमा ३९ लाख ९० हजार व्यक्तिगत ऋण रहेको उल्लेख गरेकी छन् ।  उनको पिपुल्स हाइड्रोमा १० लाख रुपैयाँ, कामना सेवा विकास बैंकमा २ हजार ८०० कित्ता र कालीगण्डकी सहकारीमा १ लाख शेयर रहेको  उल्लेख गरेका छिन् ।

पर्यटनमन्त्री मित्रलाल बस्यालले भने बैंक ब्यालेन्स, शेयर देखाएका छैनन् । उनले न्यू अन्नपूर्ण मेट सप्लायर्समा ५० लाख रुपैयाँ लगानी गरेको विवरणमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
907SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?