National life

गत असार मसान्तयता बैंकिङ प्रणालीमा करिब १ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असोज २०८१, मङ्गलबार
823Shares

काठमाडौं । चालु आर्थिक वर्षमा कर्जा लगानीसँगै निक्षेप संकलन समेत निरन्तर रुपमा बढिरहेको छ ।

गत असार मसान्तयता बैंकिङ प्रणालीमा करिब १ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप बढेको छ । विप्रेषण आप्रवाह बढिरहेको र सरकारले आन्तरिक ऋणको भुक्तानी समेत नियमितरुपमा गरिरहेकाले पनि प्रणालीमा निक्षेप बढेको बताइएको छ ।

यस्तै चालु आर्थिक वर्षमा कर्जा प्रवाहले गति लिन थालेको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3
गत असार मसान्तसम्ममा कुल ५१ खर्ब ७० अर्ब कर्जा प्रवाह भएकोमा असोज २० गतेसम्ममा बढेर ५२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार असोज २० गतेसम्म अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.१५ प्रतिशत कायम भएको देखाएको छ ।

केही वर्षयता नेपाली अर्थतन्त्रमा शिथिलता देखा पर्दै जाँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिँदै गएको भएपनि राष्ट्र बैंकले चालु आ.व.का लागी ल्याएको मौद्रिक नीतिमार्फत बैंक वित्तीय संस्थाहरूको पुँजीकोषमा रहेको दबाब हटाएसँगै बैंकिङ प्रणालीमा कर्जाको माग बढ्न थालेको हो ।

 

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
823SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?