काठमाडौं । गार्डियन माइक्रो लाइफले प्युठानमा आफ्नो नयाँ उपशाखा विस्तार गरेको छ।
कम्पनीले ग्रामीण भेगका स्थानीयलाई समेट्ने उद्देश्यका साथ जीवन बीमा सेवा प्रदान गर्न आईतबारदेखि नयाँ उपशाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
कम्पनीका क्षेत्रीय प्रबन्धक बिमल खड्का, प्युठान उपशाखा प्रमुख प्रकाश गौतम, नगर प्रमुख बिष्णु बहादुर योगी, नेपाल पत्रकार महासंघ प्युठान शाखा अध्यक्ष संजय रिजाल, नगर प्रवत्ता सुमन राज श्रेष्ठ, तथा व्यवसायीहरुको सहभागितामा नगर प्रमुख योगीले रिबन काटेर उक्त उपशाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक खड्काले बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए ।
नगर प्रमुख योगीले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको उपशाखा प्युठान नगरपालिकामा विस्तार गर्दा सो क्षेत्रका स्थानीयले स–सानो रकम जम्मा गरि बीमा गर्ने विश्वास व्यक्त गरे ।
































