National life

गुल्मीमा सहकारीद्वारा मकैको पीठो बजारीकरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१८ कात्तिक २०८२, मङ्गलबार
1.3kShares
गुल्मीमा सहकारीद्वारा मकैको पीठो बजारीकरण
ncell

काठमाडौँ । यहाँ गुल्मीको मुसिकोट नगरपालिकामा सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण गरिएको छ । मुसिकोट नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्थाले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगबाट मकैको पीठो उत्पादन गरिएको हो ।

साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बजारमा मकैको पीठोको माग बढ्न थालेको बताउनु भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीले उद्योगका लागि केही उपकरण अनुदानमा सहयोग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उद्योगका लागि नगरपालिका र कृषि ज्ञान केन्द्रबाट रु ७३ लाख र साना किसान सहकारी संस्थाबाट रु १६ लाख ५० हजार सहयोग उपलब्ध गराएको थियो । यस रकमबाट उद्योगको भवन निर्माणदेखि मकैको पीठो बजारीकरणसम्म करिब ९० लाख लागेको सहकारी संस्थाका अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

साना किसान सहकारीले किसानहरुको मकै प्रतिपाथी रु २०० मा खरिद गरी प्रशोधन, लेबलिङ र प्याकेजिङ गरेर बजारमा पुर्याउने गरेको छ । अहिले मकैको पीठो प्रतिकिलोे रु १३० मा बिक्री भइरहेको छ भने सहकारीले २५ किलोको बोरामा पनि पीठो प्याकेजिङ गरेको छ ।

यस वर्ष झण्डै ३५ टन मकैको पीठो बिक्री गर्ने लक्ष्य सहकारीले लिएको उक्त सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले जानकारी दिनुभयो । करिब ३०० किसान यस सहकारीमा आबद्ध रहेका छन् । रासस

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?