काठमाडौँ । आज दुई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्न अन्तिम दिन रहेको छ ।
यी दुवै बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर ८ गते बुक क्लोज गर्दै छन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरू मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
ग्लोबल आइएमई बैंकले गत आवका लागि चुक्तापूँजीको ५.५० प्रतिशत बोनस सेयर र प्राइम कमर्सियल बैंकले पनि गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश ९करसहित० प्रदान गर्ने घोषणा गरेको छन् ।

































