National life

घरजग्गा कारोबारमा सुधार : बैंक वित्तीयसंस्थाहरूले गरे दुई खर्ब बढी कर्जा प्रवाह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
951Shares
घरजग्गा कारोबारमा सुधार : बैंक वित्तीयसंस्थाहरूले गरे दुई खर्ब बढी कर्जा प्रवाह
ncell

काठमाडौँ। सुस्ताएको घरजग्गा कारोबार पछिल्लो समय सुधार देखिएसँगै बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा समेत वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार २०८२ वैशाख मसान्तसम्म बैंक वित्तीय संस्थाहरूले घरजग्गा क्षेत्रमा दुई खर्ब ८१ अर्ब ५५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

जुन अघिल्लो वर्षअघिको तुलनामा ३२ अर्ब ५८ करोड ८० लाख रुपैयाँ धेरै हो । २०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाले दुई खर्ब ४८ अर्ब ९७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०८२ वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ६८ खर्ब ८४ अर्ब ५४ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५५ खर्ब १७ अर्ब ८५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको केन्द्रीय बैंकले उल्लेख गरेको छ । २०८१ वैशाखसम्म ६१ खर्ब ९० अर्ब एक करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब छ अर्ब ३० करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले ६१ खर्ब ४८ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ९७ अर्ब ३५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा दुई खर्ब ३६ अर्ब ४३ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

गत वैशाख मसान्तसम्म विकास बैंकहरुले छ खर्ब नौ अर्ब ४८ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १९ अर्ब १४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम ३३ अर्ब ५८ करोड ७० लाख रुपैयाँ छ । जुन एक वर्षअघिको तुलनामा आठ अर्ब ४२ करोड ३० लाख रुपैयाँले बढी हो ।

त्यस्तै, फाइनान्स कम्पनीहरूले गत वैशाख मसान्तसम्म एक खर्ब २६ अर्ब २५ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब दुई अर्ब ६६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा ११ अर्ब ५३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा एक अर्ब २९ करोड १० लाख रुपैयाँले बढी हो ।

यो समाचार शेयर गर्नुहोस्
951SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?