National life

निर्जीवन बीमा कम्पनीले ४ महिनामा गरे १४ अर्ब बढी बीमा शुल्क आर्जन, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
595Shares

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् ।

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले चार महिनाको अवधिमा १ अर्ब ७७ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, एक अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दै दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ  भने तेस्रो स्थानमा शिखर इन्स्योरेन्स छ । यस अवधिमा कम्पनीले एक अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

साथै, नेको इन्स्योरेन्सले एक अर्ब १५ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब १४ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले एक अर्ब १३ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख रुपैयाँ बराबरबको व्यवसाय गर्न सफल भएका छन् ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?