National life

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ४८ अर्ब बढी राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ कात्तिक २०८१, बिहिबार
765Shares
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ४८ अर्ब बढी राजस्व संकलन
ncell

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । यो लक्ष्यको १७.४९ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसअनुसार असोज महिनामा ८१ अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसअघि भदौ मसान्तसम्म दुई महिनाको अवधिमा १ खर्ब ६६ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब १९ अर्ब ११ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यो आधारमा हेर्दा यो अवधिको राजस्व सङ्कलन वृद्धि १३.३० प्रतिशत बढी हो ।

यसबीचमा सरकारले ३ खर्ब २९ अर्ब २० करोड ११ लाख रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो । यसमध्ये पहिलो तीन महिनामा यो लक्ष्यको १७.७ प्रतिशत बराबर हो ।

यो अवधिमा चालु खर्चतर्फ २ खर्ब २९ अर्ब ८५ करोड २१ लाख रुपैयाँ, पुँजीगततर्फ २९ करोड ३७ लाख ४६ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६९ अर्ब ९७ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको तुलनामा क्रमशः २०.१५ प्रतिशत, ८.३४ प्रतिशत र १९.०५ प्रतिशत बराबर हो ।

यो समाचार शेयर गर्नुहोस्
765SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?