काठमाडौँ । चीन सरकारले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले उक्त अनुदानको घोषणा गरेका हुन् ।
राष्ट्रपति सी ले नेपाललाई (५ सय मिलियन आरएमबी) ९ अर्ब ३३ करोड ५० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेका छन्। यही १७ गतेदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीसँगको भेटघाटका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाललाई ९ अर्ब ३३ करोड ५० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेका हुन् ।
यसअघि, नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ करोड ६० लाख करोड रुपैयाँ अनुदान दिने सम्झौता भइसकेको छ । चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबिच प्रधानमन्त्रीको चिनियाँ सहयोग निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबिच प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता भएको छ ।


































