काठमाडौँ। व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई थुनामा राख्दा सिधा खर्च समेत सरकारले नै बेहोर्नुपर्ने सर्वोच्च अदालतले फैसला गरेको छ। न्यायाधीश द्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।
बन्दी प्रत्यक्षीकरणको रिटमार्फत सर्वोच्च अदालत आइपुगेको चेक अनादरसम्बन्धी एक मुद्दामा सर्वोच्चले दुनियाँवादी फौजदारी मुद्दामा पनि कैद सजाय सुनाइएको भए कैद गर्दा लाग्ने सिधा खर्चसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको हो। यस फैसलासँगै अब फिरादबाट दर्ता हुने व्यक्तिवादी फौजदारी मुद्दामा पनि अदालतबाट कैद सजाय सुनाइएमा कैद गर्दा लाग्ने सिधा खर्चबापतको दैनिक ३ सय रुपैयाँ सरकारले नै बेहोर्नुपर्ने भएको ह।
सर्वोच्चका न्यायाधीश द्वय हरिकृष्ण फुयाँल र बालकृष्ण ढकाल सर्वोच्च अदालतले गत असोज १४ गते गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै अब व्यक्तिवादी फौजदारी मुद्दामा कैद सजाय भएमा त्यस्तो सजाय गर्दा लाग्ने सिधा खर्चबापतको दैनिक ३ सय रुपैयाँसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाइएको हो ।
सर्वोच्च अदालतले गरेको यस्तो फैसला बन्दी प्रत्यक्षीकरणको रिटमा भएको थियो । आफूलाई कानुन विपरीत गैर कानुनी थुनामा राखिएको भन्दै चेक अनादर मुद्दाका एक प्रतिवादीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । सोही रिटमा सर्वोच्चले व्याख्या गर्दै यस्तो फैसला सुनाएको हो ।
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/01/court-verdict-Hari-vs-Balkrishna.pdf" title="court-verdict- Hari vs Balkrishna"]





























