National life
cg eloctronics

चेक बाउन्स तथा बैंकको ऋण तिर्न नसकेर १ लाख बढी कालो सुचीमा: कुन वर्ष कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
1.4kShares
चेक बाउन्स तथा बैंकको ऋण तिर्न नसकेर १ लाख बढी कालो सुचीमा: कुन वर्ष कति ?
muktinatha bikash bank

काठमाडौँ । कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै ५२ हजार ३ सय ३ जना व्यक्ति तथा कम्पनी कालोसूचीमा सुचीकृत हुँदा १४ हजार ४ सय २४ जना व्यक्ति वा कम्पनी मात्र सुचीबाट हटेका छन् ।

कर्जा सूचना केन्द्रका सूचना अधिकारी विजय कुमारले आर्थिक भ्वाईसलाई उपलब्ध गराएको पछिल्लो ५ वर्षको तथ्यांकलाई केलाएर हेर्ने हो भने पनि कालो सुचीबाट हट्नेको भन्दा थपिनेको सङ्ख्या हरेक वर्ष झण्डै-झण्डै दोब्बर भन्दा बढीले वृद्धि भइरहेको देखिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सूचना केन्द्रका अनुसार आर्थिक वर्ष २०७६–०७७ देखी २०८०–८१ सम्म आइपुग्दा ९० हजार ३ सय ६६ चेक बाउन्स भएका कारण र २३ हजार १ सय ४७ व्यक्ति वा कम्पनी आफूले लिएको ऋण तिर्न नसकेका कारण गरी जम्मा १ लाख १३ हजार ५१३ व्यक्ति वा कम्पनी कालो सुचीमा परेका छन् । यस्तै सोही अवधिमा कर्जा सूचना केन्द्रको कालो सुचीबाट हट्ने व्यक्ति वा कम्पनीको सङ्ख्या भने २७ हजार ४ सय ८७ मात्रै रहेको छ ।

नेपाल राष्ट्र बैंकले केही समय पहिले बैंक तथा वित्तीय संस्थाको ऋण लिएर नतिर्ने ऋणीहरूको रकम घटाएपछि सङ्ख्या बढ्न थालेको हुनसक्ने सूचना केन्द्रका सूचना अधिकारी विजय कुमारले बताए । यसअघि २५ लाख रुपैयाँभन्दा बढी ऋण नतिर्नेहरू कालोसूचीमा पर्दै आएकोमा नेपाल राष्ट्र बैंकले २०६९ मङ्सिर १० गते १० लाख रुपैयाँ ऋण खाने पनि कालोसूचीमा पर्ने व्यवस्था गरेको थियो ।

everest bank

कर्जा सूचना केन्द्रले आर्थिक भ्वाईसलाई उपलब्ध गराएको कालोसूचीमा परेकाहरूको पछिल्लो ५ वर्षको तथ्यांक आर्थिक वर्ष कालोसूचीमा परेको सङ्ख्या चेक बाउन्सको कारण ऋण नतिरेका कारण कालोसूचीबाट हट्नेको सङ्ख्या

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

टिप्पणीहरू (१)

छुटाउनुभयो कि ?