National life

चौथो त्रैमाससम्म चिरख्वा हाइड्रोपावर ३८.६१ करोड घाटामा, विद्युत् बिक्री आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ साउन २०८१, सोमबार
769Shares
चौथो त्रैमाससम्म चिरख्वा हाइड्रोपावर ३८.६१ करोड घाटामा, विद्युत् बिक्री आम्दानी कति ?
ncell

काठमाण्डौ। चिरख्वा हाईड्रोपावर लिमिटेडले गत सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ३८ लाख ६१ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ ।

समीक्षा अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजनाबाट गत जेठ २० गतेबाट बिद्युत बिक्रि सुरु गरेको छ । यो अवधिसम्म कम्पनीको कर्मचारी खर्च ९ लाख २२ हजार रुपैयाँ र प्रशासनिक खर्च २२ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको कुल खर्च भने ८० लाख ५६ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ७३ लाख २५ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ८७ लाख र कुल चालु दायित्व १८ करोड ८८ लाख रुपेयाँ रहेको छ ।

चौथौ त्रैमाससम्म कम्पनीले ५५ करोड ५ लाख रुपैयाँबराबरको दीर्घकालिन कर्जा लिएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस० ०.९७ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९८.१७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८३.०१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ६२८.५४ गुणा ऋणात्मक रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
769SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?