National life

जग्गा घोटाला प्रकरण: ३० बिघा सरकारी जग्गा घोटाला विरुद्ध विशेष अदालतमा मुद्दा लगिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ माघ २०८०, बिहिबार
840Shares
जग्गा घोटाला प्रकरण: ३० बिघा सरकारी जग्गा घोटाला विरुद्ध विशेष अदालतमा मुद्दा लगिने
ncell

काठमाडौं । टीकापुरमा ललिता निवास नामले चर्चित जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने भएको छ ।

बिहीबार बिहान बसेको अख्तियारको बैठकले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा लैजाने निर्णय गरेको हो।

अख्तियारको निर्णयअनुसार उक्त जग्गा घोटाला प्रकरणको फाइल बिहीबार नै विशेष अदालतमा पठाइसकिएको छ। अख्तियारका एकजना अधिकारीका अनुसार टीकापुरको जग्गा घोटाला प्रकरणमा २ सयभन्दा धेरैजनालाई प्रतिवादी बनाउने निर्णय भएको छ।

Royal Enfield
nic asia capital

त्यस्तै टीकापुर बजार क्षेत्र वरिपरिको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा दलका कर्यकर्ता र उनीहरूका आफन्तलाई वितरण गरिएको पाइएको छ ।

यसबारेमा अख्तियारको अनुसन्धानले भ्रष्टाचार भएको निष्कर्ष निकालेपछि मुद्दा चलाउने निर्णय भएको हो। काठमाडौंको ललिता निवासभन्दा ठूलो घोटाला यसलाई मानिएको छ। ललिता निवास घोटालामा १ सय ७५ जना प्रतिवादी थिए।

 

यो समाचार शेयर गर्नुहोस्
840SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?